Tue. Apr 30th, 2024

निर्माता छबिराज ओझाले निर्माण गर्ने प्रत्यक चलचित्रहरु दर्शकलाई बहुप्रतिक्षित बनेका हुन्छ् । केहि नयाँ र केहि सन्देश मुलुस चलचित्र निर्माण गर्ने भएका कारणले पनि छबिराज ओझाका चलचित्रहरु दर्शकलाई लागी केहि प्रतिक्षित बनिरहेका हुन्छन् । त्यसैले त पछिल्लो समयमा उनलाई नेपाली परिवेशको कमर्सियल चलचित्र निर्माण गर्न माहिर मानिने निर्माताको रुमा चिनिन्छन् । नायक नायिका जस्तै बेला बेलामा विभिन्न कारणले चर्चामा आउन सिपालु छबिराज ओझाले निर्माण गरेको अर्को नयाँ चलचित्र हवल्दार सुन्तली यहि चैत २७ गते देखी देशभर प्रदर्शनको तयारीमा रहेको छ ।

hawaldar

ऋषी लामिछानेको निर्देशन रहेको चलचित्र हवल्दार सुन्तली धामीको कथामा आधारित रहेका छ । तर, चलचित्रले सुन्तलीको कथा उठान गरे पनि चलचित्र भित्र फिल्मी मसला धेरै रहेको निर्माण संस्थाको कथन छ । हवल्दार सुन्तली राम्रो बनेका कारण दर्शकहरुको मन जित्ने चलचित्रका कार्यकारी निर्माता छबित्रराज ओझा बताउँछन् । नारी कथामा आधारित चलचित्रमा शिल्पा पोखरेल दोहोरो भुमिकामा देखिएकी छिन भने किसोर खतिवडा, सविन श्रेष्ठ, धु्रब कोईराला लागयतको अभिनय रहेको छ । चलचित्रमा नायिका शिल्पा पोखरेललाई मसलेदार एक्शन अवतारमा देख्न सकिन्छ ।

%d bloggers like this: