Sat. Apr 12th, 2025

सन २०११ मा रिलिज भएको सुपरहिट बलिउड फिल्म ‘फोर्स’को सिक्वेल निर्माण हुने भएको छ । पहिलो भागमा जोन अब्राहमको एक्सन रहेको फिल्म ‘फोर्स’को दोस्रो श्रृखंलापनि जोनको धमकेदार एक्शन रहने भएको छ । यस फिल्मबाट जोन लामो समय पछि एक्सन भुमिकामा फिर्ता हुँदैछन।

पहिलो श्रृखंलालाई विपुल अमृतपल शाहले निर्देशन तथा निर्माण गरेका थिए भने यस श्रृखंलालाई यस अघि ‘डेली बेली’ फिल्म तथा टि भी श्रृखंला ‘ट्वान्टी फोर’ निर्देशन गरेका अभिनय देवले निर्देशन गर्ने भएका छन। फिल्मको सुटिङ यसै वर्षको सेप्टेम्बरबाट सुरु हुनेछ। आगामी वर्ष रिलिज हुने फिल्ममा संस्पेन्स थ्रिलर कथा हुनेछ। पहिलो श्रृखंला तमिल फिल्म ‘काखा काखा’को हिन्दी संस्करण थियो भने दोस्रो श्रृखंलामा नयाँ मौलिक कथा हुनेछ।