Wed. Apr 24th, 2024

प्रेम कथामा आधारित भएर निर्माण भएको चलचित्र कसैलाई नभन्नू को सम्पुर्ण छयांकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ । शुभम् फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण भएको यस चलचित्रको करिब २५ दिनमा सम्पुर्ण छायांकन सकिएको र हाल धमाधम सम्पादन कार्य चलेको चलचित्रका निर्देशक मन्दिप रानाले जानकारी दिए ।

kasailai navannu

चलचित्रमा देशभक्त खनाल, दीनेश शर्मा, पुष्कर भट्ट, आयुष्मा कार्की, किशोर केसी लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । काठमाडौं, हेटौंडा पोखरा, पाल्पा र तनहुँ लगायतका स्थानमा छायांकन भएको यस चलचित्रमा शिवहरी रेग्मी र शंकर अधिकारीले सयूक्त रुपमा लगानी गरेका छन् । रामचन्द्र श्रेष्ठ र भिम विसीको संगीत, प्रमोद खरेल र शिव परियारले चलचित्रको गीतमा आवाज दिएका छन् ।

%d bloggers like this: