Tue. Apr 30th, 2024

बिहीबार बिहान अचानक घरमा लडेर टाउकोमा चोट लागेपछि अस्पताल भर्ना भएका वरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुदैं गएको अस्पतालले जानकारी दिएको छ । संगीत तथा नाट्य कला प्रतिष्ठानका उपकुलपतिसमेत रहेका संगीतकार गुरुङको स्वास्थ्यमा समस्या देखिएपछि बिहिबार काठमाडौं धापासीको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो ।

timthumb

गएको केही वर्षदेखि पार्किन्सन्स र मधुमेहबाट पीडित गुरुङको टाउकोमा सामान्य चोट लागेको अस्पतालले जनाएको छ ।  राष्ट्रिय गीतमा समेत संगीत भरेका गुरुङको स्वास्थ्य अवस्था अहिले चिन्ताजनक नरहेको तर स्वास्थ्य अवस्थाबारे पूर्ण विवरण भने केहि दिनमा नै बाहिर ल्याइने अस्पतालका निर्देशक डा.चक्रराज पाण्डेले जानकारी दिनुभयो ।

%d bloggers like this: