प्रियंका भन्छिन् -‘यसै बर्ष आमा बन्दैंछु’

बलिउडमा सफल नायिकाको सुचिमा गनिने बलिउड अभिनेत्री प्रियंका चोपडा अब आमा बन्ने भएकी छिन् । तर हालसम्म उनको बिहे भने भएको छैन । पछिल्ला दिनहरुमा प्रियंका आमा बन्ने तयारीमा ब्यस्त छिन् । यो खुलासा हामीले होइन स्वयम् प्रियंकाले गरेकी छिन्, त्यो पनि फिल्मफेयर म्यागेजिनसँगको विशेष कुराकानीमा । ग्ल्यामर म्यागेजिन फिल्मफेयरको ताजा अंकको कवर पेजमा प्रियंकाको तस्वीर छ, साथै उनले यसै वर्ष आमा बन्ने बताएको पनि लेखिएको छ ।

priyanka_chopra_650

यसको पूरा अंश पढेपछि पक्कै पनि थाहा हुनेछ, प्रियंका कसरी आमा बन्दैछिन् । खबरका अनुसार प्रियंकाले आफ्नो नयाँ चलचित्रका बारेमा यसो भनेको हुन सक्ने बताएको छ । यसभन्दा अघि मेरी कोममा पनि एक आमाको भुमिका निभाएकी प्रियंकाले आफ्नो नयाँ चलचित्रमा पनि आमाको भुमिका निभाएका कारण आफु यसै बर्ष आमा बन्न लागेको बताएको हुन सक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् तर प्रियंकाले भने यस विषयमा कुनै पनि कुरा सार्वजनिक गरेकी छैनन ।