Tue. Apr 30th, 2024

लामो समयपछि निर्देशन कार्यमा फर्किएका निर्देशक एवं चलचित्र विकास बोर्डका सदस्य सगैं फिल्म वितरण कम्पनी दर्शना आर्ट्सका सिईओ समेत रहेका सुरेश दर्पण पोखरेलले आफ्नो नयाँ फिल्म ‘लभ वर्डस्’ को घोषणा गरेका छन् । शनिबार प्रणय दिवशको अवसरमा चलचित्र ‘लभ वर्डस्’ को औपचारिक निर्माण घोषणा गरिएको छ । ८ महिनासम्म् कलाकार अनमोल केसीलाई पर्खिएर अनमोल बिनानै निर्माण गरिन लागिएको चलचित्र ‘लभ वर्डस्’ मा पल शाह ,बर्षा राउत,सलोन बस्नेत,सञ्जोग कोइराला लगायतका कलाकारहरुको मुख्य भुमिका रहने छ ।

पुर्णतया रोमान्टिक प्रेमकथामा निर्माण हुन लागेको चलचित्र ‘लभ वर्डस्’का कार्यकारी निर्माताको रुपमा भने चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय रहेका छन् । कार्यक्रममा बोल्दै निर्देशक सुरेश दर्पण पोखरेलले फिल्म निर्माण गर्नुभन्दा अगाडी सबै चिजको रिसर्च गरेर मात्र फिल्म निर्माण गर्न लागेको बताए ।

suresh-darpan

उनले अगाडी भने -हामीले पब्लिसिटीसहित करिब ६० लाखमा फिल्म निर्माण गर्न लागेका हौं ।- पोखराका गायक शोभित बस्याल कथा र संगीत रहेको चलचित्रलाई पुरुषोतम प्रधानले खिच्नेछन् । कार्यक्रममा निर्देशक सुरेश दर्पण पोखरेलले चलचित्रका लागी आफुहरुले सुरुमा कलाकार अनमोल केसीलाई रोजेको खुलाए ।

उनले भने -‘हामीले अनमोललाई लिएर फिल्म निर्माण गर्न लागेका थियौं तर अनमोलले यस विषयमा कुनै पनि प्रतिक्रिया नदिएपछि हामीले यहि टिम सँग काम गर्ने निर्णय गरेका हौं’-निर्देशक सुरेश दर्पण पोखरेलले बताए । बैशाख देखि फ्लोरमा जाने ‘लभ वर्डस्’ को अधिकाँश सुटिङ पोखरा र चितवनमा हुने छ ।

%d bloggers like this: