Fri. May 3rd, 2024

नेपालमा नै पहिलो पटक नाकको टुप्पाका टिका लगाएर चलचित्र  ‘म्याडहाउस’को शुभसाइत गरिएको छ । मंगलबार काठमाडौँको कालिकास्थानमा चलचित्र  ‘म्याडहाउस’ को शुभमुहुर्त गदैं सबै कलाकार,उपस्थित दर्शक,पत्रकारहरुलाई नामको टुप्पामा टिका लगाएर चलचित्रको शुभसाइत गरिएको थियो । ‘हामी सधै भन्ने गछौं हाम्रो ईज्जत नामको टुप्पामा हुन्छ भनेर त्यसैले हामीले पहिलो पटक नाकको टुप्पामा टिका लगाएर चलचित्र ‘म्याडहाउस’ को शुभसाइत गरेका हौं-‘चलचित्रका निर्देशक समर निरौलाले जानकारी दिए ।
Saugat-and-Biplav
उनले अगाडी थप्दैं भने-‘उत्साह, खुसी, जनाउदाँ नाक घिरौँला जत्रो भयो, नाक फुल्यो भनेर भनिन्छ भने कमजोरीलाई नाक काटियो भनेर भनिन्छ त्यसैले समाजले नै स्वीकार गरेको यस तथ्यलाई आधार मान्दै हामीले हाम्रो नाकमा टिका लगाएका हौँ ।’ चलचित्रमा सौगात मल्ल, राम केएसी, टिका जिरेल, श्याम खड्का, निशा जोशी जस्ता कलाकारहरूको अभिनय रहने बताइएको छ । नीताजी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्र  ‘म्याडहाउस’ बिप्लव आचार्यको निर्माण र प्रस्तुतिमा बन्न लागेको हो ।

%d bloggers like this: