Thu. May 2nd, 2024

कोलोम्बियाकी सुन्दरी पाउलिना भेगाले मिस यूनिभर्स २०१४ को ताज पहिरिएकी छन्। आइतबार अमेरिकाको मियामीमा भएको प्रतियोगिताको फाइनलमा ७९ देशका सुन्दरीलाई पछि पार्दै २२ वर्षिया भेगाले ताज जितेकी हुन्। प्रतियोगितामा मिस अमेरिका निया सान्चेज फस्ट रनर र मिस युक्रेन डायना हारकुसा सेकेण्ड रनर अप बनेकी छन्।

vega4

सन २०१३मा पनि ल्याटिन अमेरिकी मुलुक भेनेजुयलाकी ग्राबियला इस्लर मिस युनिभर्स बनेकी थिइन। यस वर्षको मिस युनिभर्सको प्रतिस्पर्धा यसको ताजका कारण विशेष बनेको थियो । यो वर्षको ताज नयाँ थियो जसलाई डाइमण्ड इन्टरनेशनल कर्पोरेसन (डीआइसी) ले तयार गरेको थियो । २२ वर्षीय भेगाले आफूले यस्तो प्रतिस्पर्धामा पहिलो पटक भाग लिएको भन्दै यो नै उनको अन्तिम हुने घोषणासमेत गरेकी थिइन ।

%d bloggers like this: