Tue. Apr 30th, 2024

केहि बर्ष अघिमात्र निर्माता छविराज ओझासँग बैबाहिक सम्बन्ध विक्षेद गरेपछि लामो समय देखी एक्लै जिन्दगीको यात्रा गरिरहेकी नायिका रेखा थापालाई कलाकार सुवास थापाले चर्चमा लगेर आफ्नो दुलही बनाएका छन् । तर सुवास यस अघिनै विनिता खड्का नामक युवतीसँग बैबाहिक जीवनमा बाधिसकेका छन् ।

3

तर फेरी सुवासले रेखालाई आफ्नो दुलही बनाएका छन् भने रेखाले पनि सुवासलाई आफ्नो दुलहा बनाएकी छिन् । यो कुरा गरिरहदाँ तपाईलाई साच्चैं यि जोडीले कतै बिहे पो गरे कि भन्ने शंका लाग्न सक्छ ? तर यो रियल लाइफमा नभई रिल लाइफमा मात्र हो । चलचित्र तथास्तुको एकदृश्यका लागी यि जोडीले चर्चमा गएर बिबाह गरेका छन् । जुन तस्विरले सबैलाई अचम्मित बनाएको छ ।

4

चलचित्रका निर्देशक सविर श्रेष्ठका अनुसार चलचित्र तथास्तुमा सुवास खलनायकको भुमिकामा छन् तर फेरी नायिका रेखा थापाले सुवाससँग बिबाह गरेको कुराले दर्शक अझ अचम्मित हुने बताउदैं यो कुरा पुष २५ गते चलचित्रहलमा गएपछि मात्र थाहा हुने बताएका छन् । सविर श्रेष्ठ निर्देशित फिल्म ‘तथास्तु’ मा रेखा र सुवास सँगै किशोर खतिवडा र विज्ञान जोशीको पनि मुख्य भूमिका छ ।

2

‘हिम्मतवाली’ रेखा थापालाई यो फिल्ममा पनि एक्सन लेडीको रुपमा देख्न सकिन्छ । जगदिश्वेर थापाको लेखन रहेको फिल्म ‘तथास्तु’ ले नारी सशक्तिकरणको कथा बोल्छ । बाबु श्रेष्ठको छायाँकन रहेको यो फिल्ममा रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन, कमल राई, कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन छ ।

%d bloggers like this: