Tue. Apr 30th, 2024

कात्तिक ९ गते हङकङमामा आयोजना हुन लागेको इन्फा अवार्डमा आफुहरुलाई कुनै जानकारी विनानै चलचित्रको विभिन्न विधाबाट  नाम अवार्डमा समावेश गराएको भन्दै चलचित्रका निर्देशक दिपेन्द्र के खनाल र निर्माता टेकेन खड्काले आपत्ती जनाएका छन् । आज चलचित्रका निर्देशक र निर्माताले जारी गरेको प्रेस विज्ञप्तीमा अनुमाती विना नै चलचित्रलाई विभिन्न विधामा पारेको भन्दै  तत्काल अवार्डको नोमिनेशनबाट नाम हटाउन चलचित्र युनिटले आग्रह गरेको छ ।

jhole-poster

यदि तत्काल अवार्डबाट चलचित्रलाई विभिन्न विधामा पारेको नाम नहटाइए कानुनी उपचार खोज्ने चलचित्रका निर्देशक र निर्माताले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । उक्त इन्फा अवार्डमा चलचित्र झोले उत्कृष्ट गीतकार,उत्कृष्ट नृत्य निर्देशक,सर्वोत्कृष्ट पार्श्व गायन (पुरुष),सर्वोत्कृष्ट अभिनेत्री मा झोले मनोनयनमा परेको हिजो मात्र काठमाडौंको पाँचतारे होटलमा आयोजना गरिएको इन्फाको घोषणा सभामा बताइएको थियो । कार्तिक ९ गते हुने उक्त इन्फा अवार्ड कार्यक्रम २० विधामा बितरण गरिने छ ।

jholay-in1

%d bloggers like this: