Wed. Jan 22nd, 2025

काठमाडाैँ । नेपाली सुपरहिट फिल्म ‘प्रेमगीत-३’ले अमेरीकामा सम्पन्न “ग्लोबल नेपाली फिल्म अवार्ड”मा उत्कृष्ट चलचित्र पुरस्कार प्राप्त गरेको छ । “ग्लोबल नेपाली फिल्म अवार्ड”को छैठो संस्करणमा फिल्मले यो पुरस्कार पाएको निर्देशक तथा निर्माता सन्तोष सेनले जानकारी दिएका छन् ।

उनले यसबारे जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘अमेरीकामा सम्पन्न “ग्लोबल नेपाली फिल्म अवार्ड”को छैठो संस्करणमा प्रेमगीत ३ लाई उत्कृष्ट चलचित्र पुरस्कार प्रदान भएको रहेछ .. यो खुशी लोकमा रहनुहुने आदरणीय दाई छेतेनलाई सम्झन चाहान्छु उहाको सोच् मा सैयौ परिश्रमी हात र मन बिना यो सम्भव थिएन.. आयोजकलाई धन्यवाद।’

‘प्रेमगीत-३’ नेपालमा बनेर हिन्दी भाषामा विश्वभर प्रदर्शन हुने पहिलो फिल्म हो । यस फिल्मले नेपालमा मात्र नभएर छिमेकी मुलुक भारत, पाकिस्तान लगायत युरोपेली तथा अमेरिकी मुलुकहरूमा समेत ठूलो सफलता पाएको थियो ।

कोरोना महामारीका कारण पटकपटक प्रदर्शन मिति धकेलिएको फिल्म ‘प्रेमगीत ३’लाई सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेका हुन् ।

प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको यो फिल्मले प्रेम वर्जित हुने दुई फरक समाजका दुई पात्रबीचको प्रेमको काल्पनिक कथा पेश गरेको छ । मल्टिस्टारर यो फिल्ममा शिव श्रेष्ठ समेतले मुख्य भूमिका निभाएका छन् ।

Leave a Reply