चर्चित गायक रबिन तामाङको निधन

काठमाडाैँ । नेपाली रक गायक रबिन तामाङको निधन भएको छ । मंगलबार साँझ काठमाडाैँको बुढानिलकण्ठस्थित निवासमै तामाङको निधन भएको हो।

अहिले उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको जानकारी दिइएको छ। उनको मृत्युको कारण भने पोस्टमार्टमपछि पत्ता लाग्ने बताइएको छ।

गायक तामाङ ‘रबिन एण्ड दि रिभुल्युसन’ ब्याण्डमार्फत नेपालीहरूमाझ चर्चित थिए। उनि पछिल्लो समय अभिनयमा समेत लागेका थिए।

Leave a Reply

Back To Top