फिल्म ‘जारी’को टिजर सार्वजनिक (भिडियोसहित)

काठमाडाैँ। फिल्म ‘जारी’को टिजर सार्वजनिक भएको छ। आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको मंगलबार टिजर सार्वजनिक गरिएको हो।

‘कबड्डी’ समुहको फिल्मको टिजरमा लिम्बु समुदायको परम्परा, संस्कृति, भेषभूषा र परिवेशलाई प्रस्तुत गरिएको छ।

फिल्ममा दयाहाङ राई र मिरुना मगरको प्रमुख भूमिका रहेको छ। उनीहरू दम्पतीको भूमिकामा देखिएका छन्।

यस फिल्मका निर्माता रामबाबु गुरुङ हुन् भने निर्देशक तथा निर्देशक उपेन्द्र सुब्बा रहेका छन्। जारी प्रथामाथि आधारित रहेको फिल्ममा विजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रेम सुब्बालगायतको पनि अभिनय छ ।

सैलेन्द्र डि कार्कीको छायांकन रहेको फिल्म निमेश श्रेष्ठ सम्पादन गरेका छन्।

Leave a Reply

Back To Top