तुलाको निर्देशनमा तयार ‘तिम्रो मेरो माया’मा रजनीको स्वर (भिडियो)

काठमाडाैँ। तिम्रो मेरो मायाको बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गायिका रजनी सुन्दासको स्वरमा रहेको गीतका शब्द इन्दिरा चोङ्बाङका हुन्।

षडज लिम्बूको संगीत रहेको गीतको भिडियोमा कुशल गुरुङ् र नयन गुरुङको अभिनय रहेको छ।

भिडियोले एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानीलाई देखाएको छ। भिडियोको सम्पादन, छायांकन र निर्देशन तुला पर्वतले गरेका हुन्। तुला गायक, संगीतकार र गीतकारको रुपमा पनि परिचित छन्।

Leave a Reply

Back To Top