‘गोर्खा वारियर’को टिजर सार्वजनिक (भिडियो)

काठमाडौँ । चलचित्र ‘गोर्खा वारियर’को टिजर सार्वजनिक भएको छ। सफल निर्देशक मिलन चाम्सद्वारा निर्देशित चलचित्र गोर्खा वारियरको टिजर एक कार्यक्रमकाबीच आज सार्वजनिक गरिएको हो।  चलचित्र नेपालीसहित हिन्दी र अङ्ग्रेजी भाषामा पनि प्रदर्शन हुने छ।

यो गोर्खा सैनिकको इतिहास बोकेको फिल्म बेलायतमा प्रिमियर हुने भएको छ। फिल्ममा बिजय लामा रितेश चाम्स रेबिका गुरुङलगायत कलाकारको अभिनय रहेको चलचित्रमा सङ्गीत एलिस कार्कीले दिएका छन् भने स्वर राजेश पायल राईको रहेको छ।

टिजर हेर्दा चलचित्र गार्खा बरियर हलिउडलाई टक्कर दिने खालको निर्माण भएको भन्दै उपस्थित सबैले प्रशंसा गरेका थिए।

Leave a Reply

Back To Top