सन्तोष सेनविरूद्धको उजुरी चलचित्र निर्माता संघद्वारा खारेज, सेनले सामाजिक सञ्जालमै सार्वजनिक गरे प्रमाण

काठमाडाैँ। प्रेमगीत-३ का निर्माता सन्तोष सेनविरूद्धको उजुरी चलचित्र निर्माता संघले खारेज गरेको छ। संघले सेनविरूद्ध दर्ता भएको डिजिटल अधिकार उल्लंघनविरुद्धको उजुरीलाई खारेज गर्ने निर्णय गरेको हो।

संघमा गत आइतबार भारतको सिक्किम निवासी रामगोपाल राईले निर्माता सेनले आफूहरुबीच भएको सम्झौता उल्लंघन गरेको भन्दै ४ करोड ८४ लाख रुपैयाँ ‘लगानी रकम फिर्ता गराइपाउँ’ भन्दै निवेदन दिएका थिए।

निवेदन दर्ता भएपछि संघले दुवै पक्षलाई शुक्रबार दिउँसो २ बजे छलफलमा बोलाएको थियो। २०२१ डिसेम्बरमै उक्त सम्झौता खारेज भइसकेको कागजपत्र पेस गरेकाले निवेदनलाई अघि नबढाउने निर्णय भएको चलचित्र निर्माता संघले जनाएको छ।

निवेदक राईले डिजिटल अधिकारका लागि सो रकम तिरेको आफूले अहिलेसम्म राइट प्राप्त नगरेको भन्दै उजुरी दिएका थिए। तर, निर्माता सेनले भने पुरानो सम्झाैता देखाएर चरित्र हत्याको प्रयास गरेको आरोप लगाएका छन्।

सेनले सामाजिक सञ्जालमै राईको निवेदन दाबी गलत भएको प्रमाण समेत सार्वजनिक गरेका छन्।

 

Leave a Reply

Back To Top