‘प्रेमगीत-३’ ले दोश्रो दिनसम्ममा गर्यो करीब ९ करोड भारूको व्यापार

काठमाडाैँ। गत शुक्रबारबाट प्रदर्शन भएको बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत-३’ ले दोश्रो दिनसम्मको व्यापार ८ करोड ७९ लाख भारू पुगेको छ। शुक्रबारबाट विश्वव्यापी रूपमा प्रदर्शन भएको फिल्मले नेपाली र हिन्दी भाषामा गरी करीब ९ करोडको व्यापार गरेको हो।

यो रकमलाइ नेपालीमा रूपान्तरण गर्दा करीब १४ करोड हाराहारी हुन्छ। व्यापारको हिसाबले फिल्म प्रतिदिन सफल बन्दै गइरहेको छ। चलेका सबै हलमा अहिलेसम्म हाउसफुल प्रदर्शन भइरहेको छ।

भारतमा यस फिल्मका वितरक सुवास कालेले भारतमा पहिलो पटक प्रदर्शन गरिएको फिल्मले यतिको व्यापार गर्नु सुखद भएको बताउँदै खुसी व्यक्त गरेका छन्।

यो फिल्म भारतका ५०० स्क्रिन, नेपालका २०० स्क्रिन र अन्य देशहरूमा ५०० स्क्रीन गरी विश्वभरका १२ सय भन्दा बढी स्क्रीनमा एकसाथ प्रदर्शन भइरहेको छ। भारतमा फिल्म अत्यन्तै राम्रो भएको प्रतिक्रिया दर्शकहरूले दिइरहेका छन्।

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन्।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।

राजेश श्रेष्ठ र पुरुषाेत्तम प्रधानले छायांकन गरेकाे फिल्मलाई सञ्जय स‌ंक्ला, बनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।

Leave a Reply

Back To Top