अष्ट्रेलियाका २० हलमा एकसाथ प्रदर्शन हुँदै ‘प्रेमगीत-३’

काठमाडाैँ। अष्ट्रेलियाका ८ शहरमा एकासाथ प्रेमगीत-३ फिल्म चल्ने भएको छ। आठ शहरका विभिन्न हलहरूमा बहुप्रतिक्षति फिल्म प्रेमगीत-३ चल्ने भएको हो।

यो नेपाली चलचित्र इतिहासकै पहिलो इन्डो-नेपाली फिल्म हो। नेपालमा बनेको यो फिल्म हिन्दी भाषामा नै भारतका हलहरूमा पनि २३ सेप्टेम्बरमा प्रदर्शन हुँदैछ।

त्यस्तै, उर्दू भाषामा समेत डबिङ गरिएको फिल्म पाकिस्तानमा पनि रिलिज हुने निश्चित भइसकेको छ।

अष्ट्रेलियाका न्यु साउथ वेल्स, भिक्टोरिया, क्विन्सल्याण्ड, साउथ अष्ट्रेलिया, अष्ट्रेलियन क्यापिटल टेरिटोरी, वेस्टर्न अष्ट्र्रेलिया, नर्थन टेरिटोरी र तास्मानियामा फिल्म प्रदर्शन हुँदैछ।

अष्ट्रेलियामा अंग्रेजी तथा हिन्दी भाषाकै सरह विभिन्न सहरमा पहिलो पटक नेपाली फिल्म प्रदर्शन हुन लागेको हो। अष्ट्रेलियाका २० हलमा प्रेमगीत-३ प्रदर्शन हुने निश्चित भइसकेको छ।

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन्।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।

पहिलोपटक नेपाली फिल्म हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो। राजेश श्रेष्ठ र पुरुषाेत्तम प्रधानले छायांकन गरेकाे फिल्मलाई सञ्जय स‌ंक्ला, बनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।

यी हुन् अष्ट्रेलियामा प्रेमगीत-३ प्रदर्शन हुने २० हलहरू।

Leave a Reply

Back To Top