फ्राइडे रिलिज : हलमा हरर फिल्म ‘कठपुतली’ सार्वजनिक

काठमाडाैँ । नेपाली हरर फिल्म ‘कठपुतली’ हलहरूमा रिलिज भएको छ । भीमसेन लामाको निर्देशनमा तथा निर्माण रहेको फिल्म शुक्रबारबाट देशभरका हलहरूमा रिलिज भएको हो ।

‘कठपुतली’ नेपाली फिल्म अन्तर्गत सोलो रिलिज भएको हो l एक राज्यमा शासन गर्ने राजाको दरबार भित्रको सेरोफेरोमा आधारित कथामा राजाहरूले मोज मस्ती गर्ने बहानामा दिनहुँ जनाताका चेलीबेटी माथि गर्ने शोषण, बलात्कार जस्ता कामबाट आजित महिलाहरूले मृत्यु परान्त लिएको बदलालाई फिल्ममा देखाइएको छ ।

कठपुतलीमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापा लगायतका अन्य कलाकारहरूले मुख्य अभिनय गरेका छन् ।

Leave a Reply