Mon. Feb 24th, 2025

एजेन्सी । पोर्चुगलविरुद्ध १–० को जित निकाल्दै बेल्जियमले युरोकप फुटबलको क्वाटरफाइनल यात्रा गरेको छ ।
सेभियामा बेल्जियमबाट ४२ औं मिनेटमा थोर्गान हाजार्डले निर्णायक गोल गरे । उनले पहिलो हाफको अन्त्यमा लामो दूरीबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।
दोस्रो हाफमा फर्नान्डो सान्तोषले टोलीलाई आक्रामक बनाएका थिए । उनले ब्रुनो फर्नान्डेस र जाआ फेलिक्स दुबैलाई मैदान उतारे ।
तर, अधिकांश समय बल नियन्त्रणमा राखेर निरन्तर आक्रमणहरु बुनेपनि पोर्चुगलले गोल गर्न सकेन ।
त्यस्तै, अर्को खेलमा चेक रिपब्लिकसँग २–० गोल अन्तरले पराजित हुँदै नेदरल्याण्ड्स पनि युरो २०२० बाट बाहिरिएको छ । चेक रिपब्लिकको जीतमा थोमस हल्स र प्याट्रिक स्चिकले एक एक गोल गरेका थिए ।

Leave a Reply