Mon. Feb 24th, 2025

धनुषा । प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झा अहिराजले मिथिला चित्र कलाक्षेत्रमा विशिष्ट योगदान पुर्याउने ५ वरिष्ठ कलाकारहरुलाई सम्मान गरेका छन् ।
प्रमुख झाले नारी विकास केन्द्रको स्थापना काल देखिनै संलग्न रहनु भएका वरिष्ठ कलाकार मञ्जु ठाकुर, मिथिलेश्वरी देवी, सुदर्शनलाल कर्ण सहितका पाँच जना कलाकारलाई सम्मान गरेका हुन् । उनिहरूलाई प्रदेश प्रमुख डा. अहिराजले दोसल्ला ओढाएर सम्मान गरे ।
प्रदेश प्रमुख झाले धनुषा जिल्लामा मिथिला चित्र कलामा उल्लेखनीय योगदान दिनु भएका उनिहरुसँग भेटघाट गरेर उनिहरूको समस्या तथा संघर्षका बारेमा जानकारी लिए ।
प्रदेश प्रमुख डा. झाले राज्यबाट थप सहयोगका लागि पहल गर्ने प्रतिबद्धता प्रकट गरे । झाले भेटेका कलाकारहरुले २०४५ सालमा जापानमा पुगेर एकल मिथिला कलाको प्रदर्शन गरेका थिए । अहिले पनि पाँचैजना कलाकार मिथिला कलाको क्षेत्रमा क्रियाशील छन् ।

Leave a Reply