एजेन्सी । अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुवेरोले आउँदो सिजन स्पेनिश क्लब बार्सिलोनाबाट फुटबल खेल्ने भएका छन्।
१० वर्ष म्यान्चेस्टर सिटीको बसाई पछि अगुवेरो बार्सिलोनासँग आबद्ध भएका छन्। आफ्ना अर्जेन्टिनी सहयोगी तथा निकटका मित्र लियोनल मेस्सीसँग अगुवेरोले बार्सिलोनाबाट सँगै फुटबल खेल्ने पक्का भएको छ।
म्यानचेस्टर सिटीसंगको सम्झौता सक्काए लगत्तै अगुवेरो ‘फ्री-ट्रान्सफर’मा बार्सिलोना गएका हुन्।
३२ वर्षीय अगुवेरोले सिटीका लागि २६० गोल गरेका छन्। उनी म्यान्चेस्टर सिटीका सर्वाधिक गोलकर्ता पनि हुन। त्यस्तै १० वर्षमा अगुवेरोले १८४ प्रिमियर लिग गोल पनि गरेका छन्।
