काठमाडाैँ । वरिष्ठ गायक प्रेमध्वज प्रधानको मृत्यु भएको छ । बिहीबार दिउँसो करिब १:४५ बजे उनको काठमाडाैँको न्युरो अस्पतालमा मृत्यु भएको हो ।
छातीमा समस्या देखिएपछि उनलाई बिहान न्यूरो अस्पताल भर्ना गरिएको बताइएको छ ।
वरिष्ठ गायक प्रधानका ‘गोरेटो त्यो गाउँको’, ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘पर लैजाउ फूलहरु’लगायत उनका दर्जनौं गीत लोकप्रिय छन् ।
गायक प्रधानको १९९४ सालमा सिन्धुपाल्चोकको चाैतारामा जन्म भएको थियो ।
