Sun. Apr 20th, 2025

एजेन्सी । काेराेना संक्रमणसँग जुझिरहेका भारतका पूर्व दिग्गज क्रिकेटर सचिन तेन्दुलकरलाई अस्पताल भर्ना गरिएको छ।
तेन्दुलकरलाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको छ। यसका बारेमा उनले आफ्नो सामाजिक संजाल ट्वीटर ह्याण्डलबाट जानकारी दिएका छन्।
उनले लेखे, ‘कडा सावधानीको रुपमा र चिकित्सकको सल्लाहपछि म अस्पताल भर्ना भएको छु । म केही दिनमा नै घर फिर्ता हुने आशा गर्छु । तपाईंहरु सबै आफ्नो ख्याल राख्नुहोस् र सुरक्षित रहनुहोस् ।’

Leave a Reply