काठमाडौं । सविन अधिकारीको निर्देशन रहेने फिल्म ‘गणपति’ निर्माण घोषणा भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच फिल्म घोषणा गरिएको हो । फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक अधिकारी स्वयंले तयार पारेका हुन् । लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरीले फिल्म निर्माण गर्न लागेका हुन् ।
‘अ बिग म्यान फिल्मस्’को ब्यानरमा निर्माण हुने फिल्ममा मुकुन भुषाल, मेनुका प्रधान, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, श्रीदेव वि.एल,शुशील पोखरेललगायतका कलाकारको अभिनय रहनेछ । तनहुँको बन्दीपुर गाउँपालिका थारुबासमा छायाँकन हुने फिल्मले भगवान र मानिस बीचको फरकको कथा विषयमा उठाएको छ । माघ २ गतेबाट छायाँकन सुरु हुने बताइएको फिल्म गोविन्द शाहीले वितरण गर्नेछन् ।
कार्यक्रममा निर्देशक अधिकारीले ‘गणपति’ नाम धार्मिक सुनिए पनि फिल्ममा धर्मको विरोध र प्रचार नगरिने स्पष्ट पारे । ‘मान्छे र भगवानबीचको फरकलाई फिल्ममा देखाउनेछौं,’ उनले भने । फिल्मको कथा राम्रो लागेकोले अभिनय गर्न लागेको कलाकार मुकुन भुषाल र मुनुका प्रधानले कार्यक्रममा भनाई राखे ।
