काठमाडाैँ । नेपाली सेफ सन्तोष शाह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’मा उपविजेता बन्न सफल भएका छन् । बिहीबार सकिएको उक्त कार्यक्रममा उनी दोश्रो स्थान हासिल गर्न सफल भएका हुन् ।
बिहीबारको स्पर्धामा सन्तोषले भैंसीको मासु, खोले साग, भेडाको गिदीलगायतका नेपाली परिकारलाई चरेसको थालमा पस्किएका थिए । यसका साथै नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ‘ऐला’ पनि सर्भ गरेका थिए ।
३२ जना चर्चित सेफहरुबाट सुरु भएको उक्त प्रतियोगितामा नेपाली सेफ सन्तोष शाहले विभिन्न मौलिक नेपाली परिकारहरु विश्वमाझ चिनाउन सफल भएका छन् ।
प्रतियोगिताको उपाधी बेलायत कै २५ वर्षीय आलेक्स वेबले जितेका छन् ।
