एजेन्सी । चर्चित भारतीय कलाकार दिभ्या भट्नाकरको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणका कारण भट्नाकरको मृत्यु भएको हो ।
भारतको चर्चित सिरियल ‘ये रिश्ता क्या कहलाता है’ उनको सबैभन्दा लोकप्रीय सिरिलय हो । कोरोना भाइरस संक्रमणका कारण उनको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।
केही दिनअघि कोरोना संक्रमण पुष्टि भएकी दिभ्या अस्पतलामा उपचाररत थिइन् । स्वास्थ्य अवस्था बिग्रँदै जादा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
३४ वर्षीया भट्नाकरमा ब्लड प्रेसरको पनि समस्या रहेको बताइएको छ ।
