काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री लक्ष्मी बर्देवाको अभिनय रहेको गीत ‘सुनन परानै दिन्छु’ सार्वजनिक भएको छ । गीतको भिडियोमा पहिलो प्रेमको सुरुवाती कथा देखाइएको छ ।
हरि लम्साल र मेलिना राईको स्वर रहेको गीतमा संगीत हरिकै रहेको छ । शब्द भने श्रृजना प्रलाद शाहले लेखेका हुन् ।
गीतको भिडियो नेपालमा लोपुन्मुख अवस्थामा पुगेको पानी घट्टामा समेत देखाइएको छ । काभ्रेको पनौती नगरपालिकाको कुशादेवीमा छायाँकन भएको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।
भिडियोमा उत्तम हुमागाईको छायाँकन, विकाश धमलाको सम्पादन रहेको छ ।
