बिलउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ परेकी छन् । चक्रवर्तीलाई मंगलबार नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसिबी)ले पक्राउ गरेको हो ।
भारतीय न्युज च्यानल तथा अनलाइनहरूले जनाए अनुसार उनलाई एनसिपीको टोलीले पक्राउ गरेको हो ।
सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा उनको नाम जोडिएको थियो । सोही आधारमा उनी पक्राउ परेकी हुन् ।
भारतीय मिडियाका अनुसार चक्रवर्तीले सुशान्तलाई लागु औषध दिएकी थिइन् । उनको आजै मेडिकल जाँच हुने बताइएको छ ।
