सलमान खान फेरि ‘बिग बोस १४’ को पनि तयारी जुटेका छन् । उनी ‘बिग बस’ १३ को सफलतापछि अब ‘बिग बोस १४’ को तयारी भइरहेको छ । जसका लागि सलमान खानको पारिश्रीमकको कति हल्लाले चर्चा पाइरहेको छ । निर्माण युनिटले सलमानलाई १६ करोड भारु दिन तयार बताइएको छ ।
अक्टोरमा सुरु हुने ‘बिग बोस १३’ का लागि करिब १२ करोड भारु सलमानले लिएका छन् । दोस्रो सिजनका लागि उनले पारिश्रमिक ४ करोड बढाएका छन् । भारतीय मिडियाले जनाए अनुसार ‘बिग बोस–१४’ का लागि जेस्मिन भसिन, अलिशा पंवार, आरुषी दत्ता, आकांक्षा पुरी, आंचल खुराना, साहिल खान र आमिर सिद्धिकीजस्ता सेलिब्रिटीलाई अप्रोच गरिएको छ ।
