Sun. Dec 22nd, 2024

अभिनेत्री वर्षा सिवाकोटीको हातमा दुई वटा फिल्महरु परेको छ । उनको हातमा ‘सुदुर’ र ‘चालबाज’ फिल्म परेको हो ।

फिल्म ‘सुदुर’लाई रमेश बुढाथोकीले निर्देशन गर्नेछन् । यस्तै छायाँकनरत फिल्म ‘चालबाज’ मा पनि उनी भित्रिएकी छिन् । फिल्म ‘सुदुर’ मा वर्षाको मुख्य भूमिका रहने बताइएको छ । फिल्मका छायाँकन फागुनदेखि सुरु हुने जनाइएको छ ।

वर्षाका अनुसार फिल्म ‘सुदुर’ उनले गर्दै आएको भन्दा निकै फरक रहेको छ । फिल्म ‘सुदुर’ को अन्य कलाकारहरु भने फाइनल हुन बाँकी नै रहेको बताइएको छ । ‘चालबाज’ मा वर्षासंग अभिनेता पुष्प खड्काले पनि अभिनय गर्नेछन् ।

कैशला राईले निर्देशन गर्दै गरेको फिल्ममा सिवाकोटी र खड्का मुख्य भूमिकामा रहनेछन् । उनीहरुको सुटिङ शुक्रबारदेखि दार्जिलिङबाट सुरु हुनेछ ।

news24nepal.tv

Leave a Reply