मङ्सिर ६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘च च हुई’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । क्यारेक्टरलाई थप चिनाउन निर्माण टिमले क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो । फिल्मका मुख्य चार क्यारेक्टर प्रेम अर्थात् आर्यन सिग्देल , भोला अर्थात भोलाराज सापकोटा , संगीता अर्थात् मिरुना मगर र श्यामलाल अर्थात माओत्से गुरुङको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो ।

फिल्म रमकम अर्थात रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यसैफिल्म मार्फत निर्माणमा आउँदैछन् । यसमा सुशन प्रजापतिको छायाँकन रहेको छ भने, पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् ।

फिल्मका गीतमा राजनराज शिवाकोटी र रोशन थापाको संगीत छ । यसमा निमालामाको मेकअप , रेनिश फागोको कलर करेक्सन , श्री श्रेष्ठको द्वन्द , शिशिर खातीको कोरियोग्राफी , सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ । फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।


merofilm.com