मर्मत सम्भारका लागि कुमारी हल बन्द हुने भएको छ । कमलपोखरीमा रहेको कुमारी हल सोमबारबाट बन्द हुने भएको हो।
एक सूचना जारी गरि प्रदर्शन सेवा बन्द गरिने जानकारी खुलाइएको छ । हल कहिलेदेखि संचालन आउने कुरा भने सूचनामा उल्लेख गरिएको छैन ।
प्रिमियर र फेस्टिभलका लागि नेपालमै चर्चित मध्ये मानिने कुमारी हलका कर्मचारीलाई क्यूएफएक्सले आफ्ना अन्य आउटलेटमा समायोजना गरेको छ ।
