बलिउड हट नायिका सन्नि लियोनको अभिनय रहेको नेपाली फिल्म “पासवर्ड”ले राम्रो सुरूवात गसँगै यसमा रहेका कलाकारहरूको पनि प्रशंसा हुन थालेको छ । बिहीबार सन्नि लियोनको माझ प्रिमियर भएसँगै शुक्रबारबाट प्रदर्शन सुरू भएको फिल्मको “अाजको साम” बोलको गीतमा सन्निको नाचको समेत प्रशंसा चुलिएको छ ।
त्यसै गरी यसै फिल्मकी नायिका परी रानाको अभिनयको पनि प्रशंसा सुरू भएको छ । उनको समग्र फिल्ममा रहेको अभिनय उत्कृष्ट भन्दै दर्शकहरूले रूचाएका छन् ।
सन्निको नाँच रहेको गीतले यूट्युबमा ४० लाखभन्दा बढीको नजर तानिसकेको छ । फिल्ममा उनको अभिनय पनि रहेको छ ।
