नवराज लम्साललाई ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान’

२०औं चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघ, नेपाल हेटौंडा शाखाले ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान २०७६’ बाट वरिष्ठ सञ्चारकर्मी तथा कवि डा. नवराज लम्साललाई सम्मान गरेको छ । मंगलवार हेटौंडामा आयोजित एक कार्यक्रमका बीच संघले उनलाई ११ हजार १ सय ११ रुपैयाँ नगद राशीसहित सम्मान गरेको हो ।
सोही अवसरमा संघको हेटौंडा शाखाले यस वर्षको ‘चलचित्र पत्रकारिता पुरस्कार २०७६’ बाट पत्रकार रोशन पराजुलीलाई पुरस्कृत गरेको छ । पराजुलीलाई ५ हजार नगद राशीसहित पुरस्कृत गरिएको हो । संघले मकवानपुरबाट राष्ट्रिय स्तरमा फिल्म क्षेत्रमा सक्रिय रहँदै आएका फिल्मकर्मीलाई पनि सम्मान गर्दै आइरहेको छ ।
यस वर्ष द्वन्द्व निर्देशक तथा कलाकार राजेन्द्र खड्कीलाई ‘चलचित्रकर्मी सम्मान २०७६’ बाट सम्मान गर्ने निर्णय गरेको थियो । तर, उनी पारिवारिक समस्याले कार्यक्रममा उपस्थिति हुन सकेका थिएनन् । उनलाई चाँडै एक कार्यक्रमका बीच सम्मान प्रदान गरिने संघका अध्यक्ष मणिराज गौतमले बताए ।
संघका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा विभिन्न संघ संस्थाका व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । अध्यक्ष गौतमले चलचित्र क्षेत्रको विकासमा मोफसलमा बसेर विभिन्न सञ्चारमाध्यममा क्रियाशिल पत्रकारहरुको पनि ठूलो योगदान रहेको चर्चा गरे ।
 

filmykhabar.com

Leave a Reply