काठमाडौं । फिल्म ‘रातो टीका निधारमा’ को औपचारिक घोषणा गरिएको छ । यो फिल्ममा अंकित शर्माले डेब्यु गर्दैछन् ।
डेब्यु गर्न लागेका अंकित निर्देशक अशोक शर्माका छोरा हुन् । फिल्ममा मुख्य भूमिका अकिंत खड्का हुने बताइएको छ । फिल्मको लेखक तथा निर्देशक अशोक शर्मा रहेका छन् ।
फिल्ममा अंकित शर्मासंगै साम्राज्ञी राज्यलक्ष्मी शाह, नीता ढुङ्गाना, खुश्बु खड्का, राजाराम पौडेल, बुद्धि तामाङ, शिवहरि पौडेल, लक्ष्मी गिरी, बसुन्धरा भुसाल लगायतका कलाकारहरु रहने भएको छ ।
