बलिउडका अहिलेका हट केक जोडी रणवीर कपूर र आलिया भट्ट आमा नितु कपुरको सुझावअनुसार लिभिङ टुगेदरमा बस्ने भएका छन् ।
प्रेम सम्वन्धमा रहेका यी जोडीको विवाह हुने खवर बाहिरिएपनि यस वर्ष विवाह नहुने भएपछि रणवीरकी आमा नितु कपुरको सल्लाहअनुसार यी दुई लिभिङ टुगेदरमा रहने निर्णयमा पुगेका हुन् ।
बिजि सेड्युलमा रहेका रणवीर र आलियालाई आमा नितुले विवाहको लागि थप एकअर्कालाई बुझ्न जरुरी हुने भन्दै केही समय सँगै बस्न सुझाव दिएकी हुन् । यसका लागि आलिया र रणवीर एक अपार्टमेन्टको खाेजिमा रहेका छन् ।
बलिउडमा चर्चामा रहेका जोडी रणवीर र आलिया फिल्म ब्रम्हास्त्रको शुटिङको क्रममा नजिकिएका हुन् ।
