नेपाली चलचित्र जगतमा आफ्नो छुट्टै पहिचान बनाएका निर्माता सन्तोष सेनको ५ औ चलचित्र प्रेम गीत–३को सुटिङ् कार्य सुरु नहुँदै चलचित्रको फस्ट लुक्स बाहिरिएको छ।निर्माता सन्तोष सेन र छेतेन गुरुङले एक साथ निर्देशन गर्न लागेको यो चलचित्र आम दर्शकको प्रतिक्षाको चलचित्र बन्ने भएको छ।
चलचित्रमा केहि समय अगाडी महानायक राजेश हमाल पनि राखिने बिषय निकै चर्चामा आएको थियो यो बिषय कहाँ पुग्यो भन्ने प्रश्नमा सन्तोष सेनले अहिले केहि नबोल्ने जानकारी दिएक छन।चलचित्रमा मुख्य नायकको रुपमा प्रदिप खड्कानै रहने निर्माण टिमको बिशेष श्रोतबाट बाहिरिएको छ।केहि दिन अगाडी नायक प्रदिप खड्का अर्को चलचित्र छाडेको बिषय भाइरल भएको थियो। चंखे शंखे पंखे, प्रेम गीत, प्रेम गीत २, मेरी मामु पछि को यो सन्तोष सेनको लागि पाँचौं प्रोजेक्ट प्रेम गीत–३ हो।
पछिल्लो समय चलचित्रले खासै उत्साह जनक ब्यापार गर्न नसके पनि सन्तोष सेनले भने आफु कामलाई निरन्तरता दिने जानकारी दिएका छन। प्रेम गीतको तेस्रो सिरिज यो बर्षको अन्तिम ‘चैत २८’ मा देशभर पर्दशनमा आउने छ।
