करिब छ महिना अगाडीबाट पहिलो भाग प्रसारण गरेको हास्य व्यङ्ग्यात्मक टेलि सिरियलले सर्वत्र सफलता तथा चर्चा कमाउन सफल भएको छ । दर्शन सिने मेकर्स प्रालिको व्यानरमा निर्मित सिरियलले प्रदर्शनको सुरूवाती चरणमा नै सफलता कमाउन सफल भएको हो ।
हरेक हप्ता अाइतबार एनटिभी प्लसमा र सोमबार त्रिशुली टिभिमा प्रसारण हुने यस सिरियलले यो हप्तासँगै २६अाैँ भाग प्रसारण गरिसकेको छ । अाजको भाग युट्युबमा प्रसारण गर्दै यसका निर्माता सुदर्शन चक्रले भने, ” प्रसारणको सुरूवाती चरण वा छोटो समयमा नै हामीले सोचे भन्दा केही धेरै सफलता कमाउन सफल भएका छाैँ । यसले हामीलार्इ काम गर्ने हाैसला मिलेको छ भने हामीप्रति दर्शकबाट अाएका गुनासाहरूलार्इ सुल्झाउँदै लाने प्रेरणा समेत मिलेको छ । ”
स्थानीय टिभि ” टिभि त्रिशुली “मा व्यापक लोकप्रियता कमाउन सफल यहि सिरियल प्रसारण हुने युट्युब च्यानल ” दर्शन सिने मेकर्स “ले पनि युट्युबका सबै सर्तहरू पूरा गर्दै मोनिटाइजेशन हुन सफल भएको छ ।
मोनिटाइजेशनका बारेमा बोल्दै निर्माता चक्रले मनोरञ्जनसँग भने ” हामीले युट्युबमा पनि पाएको सफलताबाट हामी धेरै खुशी छाैँ तर हामिले अन्य नाम चलेका सिरियलहरूसँग प्रलिस्पर्धा गर्ने उद्देश्यले यो सिरियल बनाएका हाैँ । हामी यसका लागि सँधै कसरत गरिरहने छाैँ । हामी सस्तो लोकप्रियता नभएर दिगो लोकप्रियता र सफलताको भोका रहेका छाैँ ” ।
जस्तो हामी उस्तै समाजको २६अाैँ भागःः