नवीन निरौलाको लेखन तथा निर्देशनमा बनेको फिल्म फिङ्गर प्रिन्ट फागुन १० गते प्रदर्शन हुने भएको छ । आरआर फिल्म्सले बितरण गर्ने फिल्मको मंगलबार ‘चाहिदैन चाहिदैन’ बोलको रोमान्टिक गीत सार्वजनीक गरिएको छ ।
मेडिकल साइन्सको बिषयमा केन्द्रित फिल्मको निर्माता अनिल श्रेष्ठ र शंकर आचार्य हुन् । सार्वजनीक गीतमा दीपक लिम्बूको स्वर, दयाराम पाण्डेको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा राज क्षितिज र आयुष्मा कार्की फिचर्ड छन् ।
फिल्ममा आयुष्मा र राजका साथमा दीपक त्रिपाठी, सरिता लामीछाने, रमेश बुढाथोकी, आनन्द पुन, शंकर आचार्य, अनुरुप पोखरेल, जेसिका भुसाल लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा सुमन तण्डुकार र राहुल राईको छायांकन रहेको छ ।
