अभिनेता अनुप विक्रम शाहीको मुख्य भूमिका रहेको फिल्म ‘कप्स’को रिलिज मिती घोषणा गरिएको छ । फिल्म यही आउँदो चैत्र ८ गतेबाट प्रदर्शनमा आउने छ । सम्राट शाक्यको निर्देशन रहेको फिल्ममा अभिनेता शाहीले डीएसपी अमन सिंहको भूमिका निर्वाहा गरेका छन् ।
प्राय खल पात्रको भूमिकामा देखिँदै आएका उनले यस फिल्ममा भने एक सच्चा प्रहरी अधिकृतको भूमिका निभाएको बताए । फिल्ममा सन्दिपा लिम्बु अनुपको अपोजिटमा छिन् । उनको यो डेव्यु फिल्म हो ।
फिल्ममा अनुप र सन्दिपासंगै अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदी लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म आर्या मुभिज र सारा श्री मुभिजको संयुक्त व्यानरमा निर्माण भएको छ ।
