काठमडौँ । अभिनेता विराज भट्टको ‘साङ्लो’ फिल्म बन्ने भएको छ । मुख्य नायिकाको भूमिकामा भने सन् २०१७ की मिस नेपाल निकिता चाण्डकले निभाउने भएकी छन् ।
विराज भट्टले पहिलोपटक निर्देशन गर्दैछन् । यो फिल्ममा विराजको आफ्नै अभिनय, निर्देशन, निर्माण र कथा हुने भएको छ । चाण्डक र भट्ट जोडिको रुपमा प्रस्तुत हुने भएका छन्। फिल्मको दृश्यहरु काठमाडौं, पोखरा लगायत स्थानको हुने फिल्म निर्माण टिमले जानकारी दिए ।
फिल्म चैत्र १ गते बाट छाँयाकन सुरु गरिने निर्माता टोलीले जनाएको छ ।
