पछिल्लो समय सामाजिक सञ्जालमा भाईरल बनेकी समिक्षा अधिकारीको गीत सार्वजनिक भएको छ । “वनमा काफल पाक्यो” बोलको गीतमा समिक्षाको सुन्दर आवाजमा चर्चित संगितकार बसन्त सापकोटाले संगित दिएका छन् भने शब्द दिनेश थपलियाले लेखेका छन् । नाई नभन्नू ल ५ मा बालापनको उमेरमा बाट आफनो गायन यात्रा थालेकी समिक्षालाई बसन्त सापकोटाले काठमाडौँ ल्याएर दोस्रो गीत रेकर्ड गराएका थिए ।
गीतको भिडियो पनि मर्मस्पर्शी बनेको छ । जहाँ रोजगारीको शिलशिलामा विदेश बस्ने बुवा र स्वदेशमा बस्ने सन्तानहरुको कथालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ । गीतमा अभिनय पनि समिक्षा र बसन्तले गरेका छन् । भिडियोलाई गायक सरोज ओलीले निर्देशन गरेका छन् ।
