Wed. May 14th, 2025

काठमाडाैं ।
मह संचार र किरण केसीको संयुक्त निर्माणमा बन्न लागेको चलचित्र ‘दाल भात तरकारी’बाट नायिका स्वस्तिमा खड्काले समय अभावको कारण देखाउँदै हात झिकेकी छिन् । नायिका खड्कालाई दिइएको भूमिकामा अब नायिका आँचल शर्मालाई इन्ट्री गराइने भएको छ ।
सामाजिक कथावस्तुलाई कमेडी शैलीमा प्रस्तुत गर्ने बताइएको चलचित्रलाई सुदन केसीले निर्देशन गर्न लागेका हुन् । मंसिर १ गतेबाट फ्लोरमा जान लागेको चलचित्रमा पुष्पल खड्का, बर्षा राउत, प्रियंका कार्कीको मुख्य भूमिका रहनेछ भने अन्य कलाकारमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, बसुन्धरा भुषाल, विल्सन विक्रम राई, सुरेन्द्र केसीको पनि अभिनय रहनेछ ।
यसअघि मह संचार तथा किरण केसीकै निर्माणमा बनेको चलचित्र ‘शत्रु गते’मा नायिका बनेकी आँचलले कलाकारको हुलमुल हुने फिल्ममा काम नगर्ने बताउँदै आएकी थिइन् ।जसअनुसार उनी यस फिल्ममा थिइनन् तर स्वस्तिमाले फिल्मबाट हात झिकेसँगै पूनः आँचलनै यस फिल्ममा खेल्ने भएकी छिन् ।

Leave a Reply