Wed. Dec 25th, 2024

ईलाम निवासी मेख प्रसाद लिम्बुू बिगत ८ बर्ष देखि दुर्घट्नामा परि मेरुदण्ड भाँची कम्मर भन्दा मुनिको भाग नचल्ने भएको र उपचारको क्रममा आफ्नो जायजेथा सबै सकिसकेको हुंदा हाल पनि हस्पिटलमै उपचारकै क्रममा रहेको छन ।

 

बिरामीको श्रीमती नरहाङ्मा तुम्बाहाम्फे र दाजु दिल बहादुर लिम्बुको भनाई अनुसार बिगत केही बर्ष यता बालबच्चा पालनपोषण र पढाईको खर्च श्रीमतीले चटपटे बेचेर घर धानी रहेकी थिइन । तर हाल बिरामीको कम्मरभन्दा मुनिको भाग पुरै नचल्ने र दिसा पिसाबनै एकै ठाउँ गर्न थालेपछि श्रीमती नै हस्पिटलमा कुरुवा बस्नुपर्ने भएको हुँदा बालबच्चा साथै श्रीमानको उपचारको लागि आर्थिक अभाबको कारण हाल अतिनै ठूलो समस्या आईपरेको दाजु दिल बहादुर लिम्बुले बताए ।

बिरामीको उपचारका लागि यतिबेला समाज सेवि गणेश ईसारा आर्थिक संकलनमा जुटेका छन् । हाँस्य कलाकार ईसारा आफैले पनि केही सहयोग गर्दै सबैलाई हार गुहार माग्दै रसिद बनाएर रसिद मार्फत अहिलेसम्म संकलित रकम के.एम.सि. हस्पिटलमा रहेको बिरामी मेख प्रसाद लिम्बुलाई प्रदान गरिसकेका छन् ।

आगामी दिनहरुमा थप सहयोगको खाचो परेको हुँदा सबैमा सहयोगको अपिल गर्दै समाजसेवी ईसारा निरन्तर लागि परेका छन् । समाजसेवी ईसारालाई गीतकार देवान चाम्लिङ राईले साथ दिईरहेका छन् ।

संसारभर छरिएर रहनु भएका सहयोगी मनहरुको सानो सहयोगले पिडित मेख प्रसाद लिम्बुको जिबन बाच्छ र परिवार बिचल्लित हुनबाट बचाउन सकिन्छ भने सकेको सहयोग गरि उहाँको परिवारलाई सहयोग पुर्याउन सबैमा हाँस्य कलाकार ईसाराले आव्हान गरेका छन् ।

Leave a Reply