काठमाडाैं ।
फिल्म ‘राधा’बाट फिल्ममा कमब्याक गरेकी अभिनेत्री संचिता लुइँटेल अभिनित फिल्म ‘गुनगुन’को टिजर सार्वजनिक भएको छ।
यो फिल्म आगामी कात्तिक ३० गतेबाट दर्शकमाझ रिलिज हुँदैछ । फिल्मको सार्वजनिक टिजरमा प्रेम र द्वन्द्वलाई प्रस्तुत गरिएको छ।
पुकार भट्टराईले निर्देशन तथा प्रार्थना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा संचिताका साथै रवीन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल लगायत कलाकारहरुको अभिनय छ।
