काठमाडाैं ।
भारतीय गायिका संजिवनीको आवाज रहेको ‘मेरो माया’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा मोडल तथा रंगकर्मी विशाल थापा र अनिशा न्यौपानेको अभिनय रहेको छ । साहस शाक्यले एरेन्ज गरेको गीतमा मिक्सिङ महेश्वरमान राजभण्डारीले गरेका छन् ।
सबी अधिकारीको रचना रहेको गीतमा सुर्य काश्यपको संगीत, प्रेम लामाको टीमको छायांकन, र सुवास प्रधानको निर्देशन रहेको छ । भिडियोमा रंग संयोजन र सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।
