Sun. Dec 22nd, 2024

काठमाडाैं ।
सुदूरपश्चिममा भव्यताका साथ मनाइने गौरा पर्व सोमबार काठमाडौँमा मनाइएको छ । काठमाडौँको टुँडिखेलमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट काठमाडौँमा आइ बसोबास गरेकाले यो पर्व मनाएका थिए ।
टँडिखेलामा भव्य आयोजना गरिएको कार्यक्रममा यही आउँदो शुक्रवारबाट प्रदर्शन हुन लागेको चलचित्र ‘रामकहानी’ टिम पनि सहभागी भएको थियो । नायक आकाश श्रेष्ठ, नायिका पूजा शर्मा, कलाकारद्धय जितु नेपाल र राजाराज पौडेल त्यहाँ उपस्थित भएका थिए ।
उनीहरुसँै टुँडिखेलमा गौरा मनाउन नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द लगायतका नेताहरू पनि पुगेका थिए । सबैले एकआपसमा हात समात्दै देउडा नाचेका थिए ।

Leave a Reply