Sun. Apr 28th, 2024

आगामी २२ भदौबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘रोज’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । दरबारमार्गमा पत्रकारहरूको अन्तरक्रिया माझ ट्रेलर सार्वजनिक गरिएको हो । पहिले ” रोजी ” नाम तय भएको फिल्ममा विवाद अाएपछि अन्तिम समयमा अाएर ” रोज ” नाम परिवर्तन गरिएको थियो ।
ट्रेलरमा प्रेम, द्वन्द्व, हत्या, रोदन, थ्रिल सबै खुराक छ । अभिनेता खड्कालाई रोमान्टिक अवतारदेखि क्रिमिनल लुक्ससम्म देख्न सकिन्छ ।

 
गोपी कृष्ण मुभिज र आरोही इन्टरटेनमेन्ट ब्यानरले संयुक्त रुपमा निर्माण गरेको चलचित्र रोजमा नायकको भूमिका प्रदिप खड्काले निभाएका छन् । चलचित्र रोजमा प्रदीपको अलावा परमिता राणा, मिरुना मगर, कर्मा शाक्य बरुण आरएल राणा, रबिन्द्र खड्का, प्राक्षी श्रेष्ठ, पल्पसा डंगोल लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रलाई निरक पौडेलले निर्देशन गरेका हुन् भने रोजका वितरक गोविन्द शाही हुन् ।

Leave a Reply

%d bloggers like this: