Thu. Jan 16th, 2025

काठमाडाैं 
छैठौं ‘मिस नेपाल युएसए २०१८’ को ताज नेब्रास्का निवासी २४ वर्षीया दिलाशा न्यौपानेले जितेकी छन् । १६ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् । कार्यक्रममा शिर्ष उपाधिका साथ उनले मिस एकेडेमिक एक्सिलेन्स अवार्ड समेत हात पारिन् ।
टेक्सास शहरमा १९ अगस्टमा एक भब्य कार्यक्रमसहित सम्पन्न प्रतियोगीतामा फस्टरनरअफ टेक्ससकी २२ वर्र्षीाय पोसा घर्तीमगर चुँनिदा सेकेण्ड रनरअपको उपाधि कोलोराडोकी २१ वर्षीया कृति ढुंगेलले हात पारिन् । घर्तीमगरले मिस पर्सनालिटि, मिसकल्चर र मिस फ्रेन्डली विधामा समेत अवार्ड जित्न सफल भइन् ।
प्रतियोगीतामा टेक्ससकी आयशा ओझा मिस पब्लिक च्वाइस बनिन् । सोर्वे फाउण्डेशनको सद्भावना दुत समेतको अवसर हात पारेकी आयशाले मिस सोशल एक्सिलेन्सको समेत अवार्ड चुमिन् । यसैगरि अदीति श्रेष्ठले मिस डिसिपिलिन, निलिया गुरुङले मिस फोटोजेनिक, विना श्रेष्ठले मिस क्याटवाक, स्वीकृती भट्टराईले मिस ट्यालेन्ट र वियन्का अधिकारीले मिस नेपाल टेक्ससको उपाधि हात पारे ।
सन् २०११ देखि अमेरिकाको न्युयोर्क शहरबाट सुरु भएको प्रतियोगीता ‘मिस नेपाल युएसए’का संस्थापक परिकल्पनाकार इप्लानेट नेपालका सन्तोष सापकोटा र अमेरिकामा चर्चित युवा नेपाली इण्टरप्रेनर अमित शाह हुन् ।
टेक्ससको डलास नजिकको शहर सिटी अफ प्लानोले समेत सहकार्य गरेको प्रतियोगीतामा नेपाली समाज टेक्सस र नेपाल पर्यटन बोर्डको समेत सहभागिता रहेको थियो । पूर्व मिस नेपाल मेलिना जोशी, कोरियोग्राफर सुरेश मानन्धर र फोटोग्राफर राजिव श्रेष्ठ लगायतको प्रशिक्षक बाट विभिन्न प्रशिक्षणसहित प्रतियोगी फाइनलमा उत्रिएका थिए । प्रतियोगी सिगार्ने जिम्मेवारी मञ्जु दुलाल(सापकोटा)ले गरेकी थिइन् ।
अमेरिकामा रहेका नेपाली युवतीको सौन्दर्य र बौद्धिकता निखार्ने उदेश्य रहेको यो प्रतियोगीता ‘ईम्पावरिङ्ग युथ, प्रोमोटिङ नेपाल’ मूल नाराका साथ आयोजना हुँदै आएको छ । यस पटकको प्रतियोगीको फेसन डिजाइन लजिमा सुब्बा र क्षतिजा शाक्यले तयार गरेका थिए । सौदर्य प्रतियोगिताको यो छैठौ संस्करण नेपाल ११ इन्टरटेनमेनन्का प्रतिक सुवेदीको ब्यावस्थापनमा सम्पन्न भएको थियो ।

Leave a Reply